वालिङ नगरपालिकाले थाल्यो लोकल रक्सीलाई ब्राण्डिङ गर्ने कसरत
स्याङ्जा | मंसिर २०, २०८०
स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमा उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने तयारी थालेको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले बताए ।
‘नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं,’ उनले भने ।
लोकल रक्सीलाई ब्राण्डिङ गरेसँगै नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उनको भनाई छ ।
राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । यसबाट पालिका भित्रका १ हजार ५ सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताइन् ।
मङ्गलबार बसेको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुको सहभागिता थियो ।
पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ । यो खबर आजको गोरखापत्रमा लेखिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

